असोज ५ बाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय

भदौ ३०,काठमाडौं ।
सरकारले असोज ५ गतेबाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएसँगै चैतदेखि बन्द रहेको लामो दूरीको सार्वजनिक यातायात र आन्तरिक हवाई उडान दशैं नजिकिएसँगै खोल्न लागिएको हो । यद्यपि कोरोना संक्रमण भने बढ्दो छ । कोरोना भाइरसका बारेमा आवश्यकताभन्दा बढि नकारात्मक प्रचार भएको र स्थानीय उपचार विधि तथा सावधानीबाट पनि जोगिन सक्ने बहस सुरु भएपछि सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगेको हो । (कर्पोरिट नेपाल)

Translate »