स्वास्थ्य बीमा बोर्डमा डाक्टर तिवारी
भदौ ३१,काठमाडौं ।
स्वास्थ्य बीमा बोर्डको सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा मनोनयन भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तिवारी र थापालाई सदस्यमा मनोनयन गरेका हुन । सुर्खेत स्थायी घर भएका तिवारीलाई विज्ञ र थापालाई विमितको तर्फवाट मन्त्री ढकालले बुधवार मनोनयन गरेका हुन । उनीहरुको कार्यकाल ४ वर्षको हुन्छ । स्वास्थ्य बीमा ऐन २०७४ मा सम्बन्धित विषयमा पाँच बर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तिमा दुई जना महिला सहित तीन जना र बिमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने व्यवस्था छ । मनोनित दुबै सदस्यले बुधबार नै स्वास्थ्यमन्त्री ढकालको उपस्थितमा बोर्डका अध्यक्ष उप्रेतीबाट सपथ लिएका छन् ।