नेपाल बैंकर्स संघ कर्णाली संयोजकमा शाक्य
स्काई न्यूज / भदौ ३१,सुर्खेत ।
नेपाल बैंकर्स संघ कर्णाली प्रदेश ईकाइ समिति गठन भएको छ । एभरेष्ट बैंक कर्णाली प्रदेश कार्यालय प्रमुख राजकुमार शाक्यको संयोजकत्वमा पाँच सदस्यीय प्रदेश ईकाई समिति गठन गरिएको हो । ईकाइको सह–संयोजकमा ग्लोबल आइएमई बैंकका विष्णु अर्याल तथा सदस्यमा सिभिल बैंकका अभिजित श्रेष्ठ, सेन्चुरी बैंकका धर्मराज श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख रामकुमार थापा चयन भएका छन् । प्रदेश ईकाइमा आवद्ध सबै बैंकहरुका कर्णाली प्रदेश कार्यालयका प्रमुखहरु हुन। केन्द्रमा रहेको बैंकर्स संघलाई सातै प्रदेशमा ईकाइ समिति विस्तार गरेर गठन गरिएको संयोजक शाक्यले जानकारी दिए । नयाँ गठन भएको ईकाइले बैंक, वित्तिय एवं सरोकार निकायवीच समन्वय गर्नमा सहज हुने अपेक्षा राखिएको शाक्यको भनाई छ ।