सरकारको मुख्यसचिव बने शंकरदास बैरागी

असोज १५, काठमाडौं ।
सरकारले शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव बनाउने निर्णय गरेको छ। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका सचिवसमेत रहेका बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन् । यसैगरी मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई संयुक्तराज्य अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

 

Translate »