फेरि बढ्यो सुनचाँदीको मूल्य

असोज २०, कााठमाडौं ।
नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्य वृद्धि भएको छ। मंगलावर साताकै धेरै अर्थात् सुनको मूल्य प्रतितोला रू.८०० ले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रू।९४ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला रू.९४ हजार ४०० कायम भएको छ । अघिल्लो कारोबार दिन सोमवार सुनको मूल्य प्रतितोला रू.४००घटेर प्रतितोला रू.९४ हजार १०० मा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा रू.२० ले वृद्धि भएर प्रतितोला रू.१ हजार २०० मा कारोबार भइरहेको छ ।

Translate »