२०८३ साउन १ , शुक्रबार
Sky News Nepal
२०८३ साउन १ , शुक्रबार

सबै तहका परीक्षा लिन स्वीकृत दिने सरकारको निर्णय (मन्त्रिपरिषदका निर्णयसहित)



असोज २१,काठमाडौँ ।
सरकारले सबै तहका परीक्षा लिनका लागि सम्बन्धित निकायहरूलाई स्वीकृत दिने निर्णय गरेको छ । बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मलेनमा बोल्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरूलाई परीक्षा लिन स्वीकृति दिने निर्णय गरेको जानकारी दिए । मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सबै परीक्षा सञ्चा‍लन गर्न स्वीकृति दिएको मन्त्री ज्ञवालीले बताए। मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको पदपूर्तीसम्बन्धि प्रक्रियालाई सुचारु गर्न पनि स्वीकृति दिएको ज्ञवालीले बताए ।

 

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधबार
Translate »