राप्रपा सुर्खेतको समायोजन प्रक्रिया टुङगियो

जिल्ला अध्यक्षमा खड्का सर्वसम्मत

स्काई न्यूज / असोज २१, सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतको समायोजन प्रक्रिया टुङगियोे छ । केन्द्रको निर्देशन अनुसार नै बुधबार सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रम वीच जिल्ला तहमा समेत समायोजन प्रक्रियाको टुङगिएको हो । राप्रपा र राप्रपा सयुक्तको एकतापछि भएको समायोजन कार्यक्रमले मानबहादुर खड्काको अध्यक्षतामा १२० जनाको सुर्र्खेत जिल्ला कार्यसमिति चयन भएको छ । पार्टीका केन्द्रीय सदस्य बसन्त थापाको अध्यक्षतामा भएको समायोजन कार्यक्रमले अध्यक्षमा मानबहादुर खड्कालाई सर्वसम्र्मत चयन गरेको हो । भेलाले सह–अध्यक्षमा कर्णबहादुर रेगामीलाई चयन गरेको छ ।

त्यसैगरी जिल्ला कार्य समितिको उपाध्यक्षमा ईश्वर श्रेष्ठ, गङगाराम देउवा, राधिका थापा, अमृत राना, टोपबहादुर वली, छत्रपती थापा, अम्मरबहादुर कार्की, मानबहादुर सिजाली, श्याम पुरी, धर्मराज बिसीलाई चयन गरेको छ । यसैगरी सचिवमा जनकसिंह ठकुरी, रुद्रबहादुर चन्द एवं सह–सचिवमा कमलदेव जिसी, चाँदनी वली, तथा कोषाध्यक्षमा पार्वती गौतम, मातृका भुसाल चयन भएका छन् । त्यस्तै प्रवक्तामा सुर्यबहादुर शाही, शिवराज जैसी, सञ्चार प्रतिनिधिमा हेमन्त थापा सहित १२० जना जिल्ला कार्य समिति चयन गरेको छ । नव निर्वाचित जिल्ला पार्टीका अध्यक्ष खड्काका अनुसार हाललाई जिल्ला कार्य समितिको समायोजन सम्मपन्न भएपनि कोभिड१९ लाई मध्य नजर गर्दै स्वास्थ्य सुरक्षाका नियमको पालना गर्दे छिट्टै वडा, नगर, क्षेत्रलगायतका बाँकी कार्यभार समेत पुरा गरिनेछ । समायोजन कार्यक्रममा पार्टीका केन्द्रीय सम्पादन समिति सदस्य तथा केन्द्रीय सदस्य कबिराम पुरी, पार्टीका केन्द्रीय सदस्य भद्रबहादुर शाही लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Translate »