बलात्कारविरुद्ध सुर्खेतका युवायुवती सडकमा

स्काई न्यूज / सुर्खेत, २४ असोज ।
पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि त्यसविरुद्ध सुर्खेतका युवायुवतीले शान्तिपूर्ण ¥याली निकालेका छन् । बलात्कारीलाई कारबाहीको माग गर्दै उनीहरुले शनिबार वीरेन्द्रनगरमा शान्तिपूर्ण ¥याली निकालेका हुन् । बलात्कारीले पाउने सजाय कम भएन र डियर सरकार ?, सरकार ! कुर्ची बचाउने लोभमा अपराधी बचाउने कहिलेसम्म ?, जब हामी अरुको लागि बोल्छौं तब हाम्रो लागि पनि कोही बोल्दिन्छ, आऊ मेरो परिपुरक हौं । हातेमालो गरेर एक अर्काे युद्ध आरम्भ गरौं ।


बलात्कार विरुद्धका प्लेकार्ड बोकेर शनिबार वीरेन्द्रनगरस्थित मंगलगढी चोकमा शान्तिपूर्ण ¥याली निकालेको आन्दोलन नेतृत्व गरेकी दीपा आचार्यले बताइन् । ‘पछिल्लो समय घरबाटै बालिका तथा किशोरी असुरक्षित छिन्,’ उनले भनिन्, ‘जसका विरुद्ध हामी सबै बोल्नुपर्छ ।’ दिनानुदिन बलात्कारका घटना बढ्दै गएपनि सरकार भने गम्भीर नभएको उनले आरोप लगाईन् । दोषीहरु खुलेआम हिँडिरहेको भन्दै उनले भनिन्, ‘कुर्ची टिकाउन सरकारले दोषी देखे पनि नदेखेझैं गरिरहेको छ ।’ आफ्नै घर, गाउँ, समाजमा बलात्कार रोक्न सबै एकताबद्ध भएर आवाज उठाउनु पर्ने अर्की सामाजिक अभियान्ता लक्ष्मी खत्रीले बताईन् । उनका अनुसार उक्त ¥यालीमा सुर्खेतका युवायुवती स्वतस्फूर्त ढंगले सहभागी भएका ह्न् । ¥यालीमा सुर्खेत ओमन रोम रिलोडेट, मोटे ग्याङ नेपाल, ९९३ रेसिङ टीम, परिवर्तन समूह लाटीकोइली, तनाव छ जिन्दगी फाउण्डेसन, कैंची ग्याङ, जीवन विज्ञान, लियो क्लब, बीएफडीएम, आरुष क्रियसनलगायतले सहयोग गरेका थिए ।

Translate »