असोज २५,काठमाडौं ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आइतबार बिहान १९ औं अनशन तोडेका थिए। सरकारले शनिबार राति केसीसँग ८ बुँदे सहमति गरेको थियो । सहमतिपछि केसीले अस्पतालमा कार्यरत कार्यालय सहयोगी विकास नेपालीको हातबाट जुस पिएर अनशन तोडे्का हुन् । चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरे । अनशनको आठौं दिनमा उनको स्वास्थ्य समस्याभएसँगै काठमाडौं ल्याइएको थियो । उनलाई  त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा अनशन जारी राखे । शिक्षण अस्पताल महारागन्जमा केसीले अनशन तोड्दा समर्थक र शुभेच्छुकको उपस्थिति रहेको थियो । गएराति सरकारी वार्ता समिति र डा केसीबीच आठ बुँदे सहमति भएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ताटोलीका संंयोजक गोपी मैनाली र डा केसीले सहमतिमा हस्ताक्षर गरे । सरकारले मेडिकल शिक्षाका लागि विभिन्न ठाउँमा कलेज स्थापना गर्न लागेसमेतको जानकारी गराउँदै गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमबिबिएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोग समक्ष स्वयम मूल्याङ्कन प्रतिवेदन पेश गरिसकेको छ । यस्तै प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिवास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरु योजना स्वीकृत भइरहेको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतको अन्तिम चरणमा रहेको छ र हाल विस्तृत परियोजना प्रस्ताव सम्बन्धि कार्य प्रारम्भ भइसकेको जनाएको छ । अनशन तोडेलगत्तै केसीको आवश्यक उपचार सुरु गरिएको छ।

 

Translate »