दसैंमा राष्ट्र बैंकले नयाँ नोट नबाँड्ने

असोज २५,काठमाडौँ ।
यस वर्षको दसैंमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने भएको छ । कोरोना भाइरसको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट बाँड्ने अवस्था नभएको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट वितरण नगर्नेबारे राष्ट्र बैंकले औपचारिक सूचना जारी गरिसकेको छैन । तर, गत साता बसेको सञ्चालक समिति बैठकमा यसबारे छलफल भइसकेको छ । नयाँ नोट वितरण नगर्नेबारे सम्भवतस् सोमबार सूचना जारी गरिने स्रोतले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कोरोनाको जोखिम उच्च भएकाले पंतिबद्ध गराएर नयाँ नोट बाँड्ने अवस्था नभएको बताए । ‘यो वर्ष सर्वसाधारणको भिडभाड गराएर नयाँ नोट बाँड्न सक्ने अवस्था छैन,’ उनले भने । अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो ।

Translate »