वीनपालाई सवा करोड बढीका पाँच वटा शौचालय हस्तान्तरण

स्काई न्यूज / सुर्खेत, २७ असोज ।
सुर्खेतको वीरेन्द्रनगरमा सवा करोड बढी लागतका पाँच वटा आधुनिक सार्वजनिक शौचालय निर्माण गरेर हस्तान्तरण गरिएको छ । अन्तरनिर्भर समाज सुर्खेतले निर्माण सम्पन्न गरेर सार्वजनिक शौचालय वीरेन्द्रनगर नगरपालिकालाई हस्तारन्तरण गरेको छ । यूएनडीपी, अन्र्तनिर्भर समाज सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा सामुदायिक पूर्वाधार विकास कार्यक्रम अन्र्तगत वीरेन्द्रनगर उपत्यकाका विभिन्न ठाउँमा पाँच वटा सार्वजनिक शौचालय निर्माण गरिएको हो । समाजले मंगलबार एक कार्यक्रमका वीच वीनपालाई ती आधुनिक सुविधासम्पन्न पाँच वटा शौचालय सञ्चालनका लागि हस्तान्तरण गरेको छ । समाजले एक नम्वर वडाको वडा कार्यालय, ४ नम्वर वडाको जिरो ड्याम, ६ नम्वर वडाको बसपार्कमा, ८ नम्वर वडाको बुलबु्ले चोक र ९ नम्वर वडाको काँक्रेबिहारमा आधुुनिक सार्वजनिक शौचालय निर्माण गरेको हो । समाजका कार्यकारी व्यवस्थापक विवेक शाहीले पाँच ठाउँमा एक करोड २६ लाख ५३ हजार दुई सय रुपैयाँ लागतमा निर्माण गरिएको जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिकाको ४५ लाख ७० हजार पाँच सय, यूएनडीपीको ६८ लाख १७ हजार एक सय र उपभोक्ता समितिको योगदान १२ लाख ५६ हजार तीन सय रुपैयाँको लागतमा ती शौचालय सम्पन्न भएका हुन् ।

‘नगरको ६ नम्वर वडामा अपाङ्ग मैत्री शौचालय बनाइएको छ,’ उनले भने, ‘बढी मानिसहरुको चहलपहल हुने ठाउँमा शौचालय निर्माण गरिएको हो ।’ उनले जुन २०१९ देखि सार्वजनिक शौचालय निर्माण गर्न शुरु गरिएको र छिट्टै सकिएपनि कोरोनाका कारण नगरपालिकालाई ढिलोगरि हस्तान्तरण गरिएको बताए । यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख देवकुमार सुवेदीले शौचालय निर्माणमा गरेको साझेदारीप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले आगामी दिनमा पनि सहकार्य र समन्वयका लागि निरन्तर हुने अपेक्षा व्यक्त गरे । ‘सार्वजनिक शौचालय निर्माण भएपनि अब सञ्चालनमा वडा कार्यालयको महत्वपूर्ण भूमिका रहने भएकाले संरक्षण र सञ्चालनमा प्रभावकारीता ल्याउनु पर्छ,’ उनले भने, ‘शौचालयको सरसफाई र फोहोर व्यवस्थापन र सेवा प्रवाहमा वडाले नागरिकले न्यूनतम शुल्कमा उपयोग गर्न कसरी सकिन्छ भन्ने विषयमा वडाले सोचेर लाग्नुु पर्छ ।’ उनले सार्वजनिक शौचालय सञ्चालन सम्बन्धि कार्यविधि तयार भइरहेकाले अब कार्यपालिकाबाट स्वीकृत गराएर व्यवस्थित रुपमा संचालन गर्ने पनि जानकारी दिए । त्यस्तै आठ नम्वर वडाअध्यक्ष थम्मप्रसाद गौतमले सार्वजनिक शौचालय आवश्यक भएको ठाउँमा बनाउन सहयोग गरेको भन्दै धन्यावाद व्यक्त गरे । संस्थाले आगामी दिनमा पनि सहयोग र सहकार्यलाई निरन्तरता दिनुुपर्नेमा उनको जोड थियो । हस्तान्तरण कार्यक्रममा एक नम्वर वडाका वडाअध्यक्ष गंगाराम सुुनार, नौ नम्वर वडाका वडाअध्यक्ष सुरेश मान्धर, नगरपालिकाका प्रमुुख प्रशाुसकिय अधिकृत टिकाराम ढकाल र वरिष्ठ अधिकृत प्रकाश पौडेललगायतको सहभागिता रहेको थियो ।

Translate »