सांसद सानु शिवा पहाडीको निधन


असोज २८,काठमाडौं ।
संघीय सांसद सानु शिवा पहाडीको निधन भएको छ । नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी पहाडी संस्कृतिकर्मी तथा गायिकासमेत हुन् । लामो समयदेखि मिर्गौला र मुट रोगबाट पीडित पहाडी केही दिनदेखि बिरामी हुन् । पहाडी लामो समयदेखि जनसांस्कृति महासंघमा आबद्ध रही गीति यात्रामा थिइन। ताप्लेजुङमा जन्मिएकी उनको केहीबर्ष अघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनमा मुटुको रोगसमेत थपिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पहाडीको निधनले दुखी भएको भन्दै ट्विटमार्फत श्रद्धाञ्जली दिए ।