जाजरकोटको ठाँटीमा अस्थायी प्रहरी पोष्ट स्थापना

कात्तिक १५,जाजरकोट ।
जाजरकोटको शिवालय गाउँपालिका –६ को ठाँटीमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ । गाउँमा प्रहरी पोष्ट बसेपछि स्थानीयबासीले शान्ति सुरक्षाको महशुस गरेका ६ वडा अध्यक्ष भक्तबहादुर थापाले बताए । गाउँपालिकाबाट प्रहरी पोष्टको माग भइ आएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शुक्रबारदेखि प्रहरी सहायक निरीक्षकको कमानमा नौ जनाको टोली राखिएको जाजरकोटका प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले बताए । उक्त पोष्ट बसेपछि अपराधीक क्रियाकलापका घटनामा कमी आउने श्रेष्ठले जानकारी दिए ।


 

Translate »