गेष्टहाउसमा रेडपाण्डाको छाला

स्काई न्यूज / कात्तिक १८,नेपालगन्ज ।
बाँके प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,बाँकेको टोलीले कोहलपुरको राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला सहित चार जनालाई प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा लालबहादुर नेपाली,गणेश नेपाली,उमेशबहादुर थापा र दिनेश कार्की रहेका छन् । बाँके प्रहरी सहप्रवक्ता हृदेयस सापकोटाले रेडपाण्डाको छाला सहित प्रकाउ परेका व्यक्तिलाई नेपालगन्ज ल्याइरहेकाले केहीबेरमा विस्तृत जानकारी दिने बताए ।

Translate »