जाजरकोटमा धान उत्पादन घट्यो

स्काई न्यूज / कात्तिक १८,जाजरकोट ।
जाजरकोट जिल्लामा यसवर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा ३.३ प्रतिशतले धानको उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तीन हजार ६३ हेक्टर क्षेत्रफलमा गत बर्ष ९ हजार ९ सय ७१ मेट्रीक्टन धान उत्पादन भएको थियो भने यस वर्ष ९ हजार ६ सय ५८ मेट्रीक्टन उत्पादन भएको कृषि विकास कार्यालय जाजरकोटका निमित्त प्रमुख गणेश अधिकारीले बताए । फुल फुल्ने समयमा पानी नपरेको कारण उत्पादन घटेको अधिकारीले जानकारी दिए।

Translate »