प्रचण्ड र महासचिव पौडेलबीच भेटवार्ता

मंसिर २,काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ। आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा पार्टीभित्रको विवादको अन्त्यबारे छलफल भएको बताइएको छ। पौडेल दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहेका छन् । बुधबार (भोलि)का लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन् । कार्तीक २७ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै प्रधानमन्त्री ओली पक्षधर नेताहरूले फिर्ता लिनुपर्ने बताउँदै आएका छन्न् । प्रचण्डले प्रतिवेदन फिर्ता नलिए मंसिर ३ गतेको सचिवालय बैठक समेत प्रभावित हुन सक्ने बताइएको छ। (नेपाली पब्लिक)

Translate »