नेकपा सचिवालय बैठक सुरु

मंसिर ३,काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित सचिवालयका अन्य सदस्यहरु सहभागी थिए । सचिवालय बैठकमा अध्यक्ष प्रचण्डद्वारा अघिल्लो बैठकमा ल्याएको एकल प्रस्तावका बारेमा छलफल हुने बताइएको छ । सचिवालय बैठकपछि आजै मन्त्रिपरिषद् बैठक पनि बस्ने भएको छ ।

 

Translate »