नेकपाले बोलायो मंसीर १८ मा स्थायी र २५ मा केन्द्रिय कमिटी बैठक

मंसीर १३ गते पुनः सचिवालय बैठक बोलाउने

मंसिर ३,काठमाडौँ ।
नेपाल कम्यूनिष्ट पार्टी, नेकपा सचिवालयको बैठकले मंसीर १८ गते स्थायी समिति र २५ गते केन्द्रिय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मंसीर १३ गते पुनः सचिवालय बैठक बोलाउने, सो बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो तर्फबाट राजनीतिक प्रतिबेदन पेश गर्ने र सोही बैठकमा दुबै अध्यक्षको प्रतिबेदनमा छलफल गर्ने निर्णय भएको जानकारी नेकपा प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले जानकारी दिए। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका सदस्यहरुबीच मतभेद चर्किएको बेला यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।

केही दिनअघि अध्यक्ष दाहालसहित सचिवालयका केही सदस्यहरुले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लिखित पत्र नै बुझाएर बैठकको माग गरेपछि बसेको यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि गम्भीर प्रकृतिका आरोपहरु लगाएर राजनीतिक प्रतिबेदन पेश गरेपछि नेताहरुबीच मतभेद झनै बढेको छ । दुबै अध्यक्षबीच सहमति कायम गराउन र बैठकमा दुई अध्यक्षको सहमतिमा मात्र प्रतिबेदन पेश गर्ने विधानको व्यबस्था विपरित अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेश गरेपछि सो प्रस्ताव फिर्ता गराउन दोस्रो तहका नेताहरुले प्रयास जारी राखेकै बेला सचिवालय बैठक आज बसेको हो ।

 

Translate »