२०८३ भदौ २२ , सोमबार
Sky News Nepal
September 7, 2026

सुर्खेतमा अबैध काठ बोकेको ट्क्याटरसहित दुई जना पक्राउ



फोटो गुगलबाट साभार

स्काई न्यूज / मंसिर १५, सुर्खेत ।
ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले अबैध काठ बोकेको ट्क्याटरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पञ्चपुरी नगरपालिका–९, का ३५ बर्षीय ओमप्रकाश भुसाल र सोही ठाउँका २७ बर्षीय सुरेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ईप्रका बाबिचौरबाट प्रहरी निरीक्षक बखतबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार पञ्चपुरी नगरपालिका–९, खेतुबाट कर्णाली प्रदेश ०२००१ त ००९४ ट्याक्टरमा राखिएको अबैध ४८ दशमलव ९१ क्यूफिट चिरान काठसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका भुसाल अबैध काठ ओसार पसार गर्ने हुन भने नेपाली ट्क्याटरका चालक रहेको प्रहरीको भनाइ छ । प्रहरीले अबैध काठ बोकेको ट्याक्टरसहित दुबैजनालाई कार्वाहीका लागि सव–डिभिवन वन कार्यालय चौकुनेका फरिस्टर कुम्भराज मल्लको जिम्मा लगाईएको बताएको छ । यता डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी टेकबहादुर रावलले अबैध काठ ओसारपसार गर्ने माथि सामुदायिक वनको स्वीकृत विधान कार्ययोजना अनुसारसँगै वन ऐन २०७६, नियम २०५१ अनुसार समेत कार्वाही हुने जानकारी दिए ।

प्रकाशित मिति : २०७७ मंसिर १५ गते सोमबार
Translate »