२०८३ भदौ १० , बुधबार
Sky News Nepal
August 26, 2026

आवाज भन्दा बढी गतिमा जहाज उडाउने येजरको निधन



काठमान्डौ २३,एजेन्सी ।
साउन्ड व्यारियरलाई उछिन्दै आवाज भन्दा पनि तीब्र गतिमा विमान उडाउने पहिलो पाइलट चक येजरको निधन भएको छ। येजरको अमेरिकामा ९७ वर्षको उमेरमा निधन भएको हो। उनका सहयोगि भिक्टोरिया येजरले एक अविश्वसनीय जीवन जिएका जनरल चक येजरको निधन भएको ट्विटर मार्फत जानकारी दिएका छन्। चक येजरलाई दोस्रो विश्व युद्धमा साहस र वीरताको लागि सम्झने गरिन्छ। उनलाई उच्च शिक्षाको कमिका कारण नासाको अन्तरिक्ष यात्री कार्यक्रममा समावेश गरिएको थिएन। नासाका प्रशासक जिम ब्रिडेनस्टाइनको नेतृत्वमा येजरको श्रद्धांजली सभाको आयोजना गरिएको थियो। उनले येजरको प्रसंशा गर्दै जनरल येजरको अग्रणी सोच र जोशले आकाशमा अमेरिकाको क्षमताको उन्नत गरेको बताए।

 

प्रकाशित मिति : २०७७ मंसिर २३ गते मंगलबार
Translate »