छोरी बलात्कारको आरोपमा बाबु पक्राउ


स्काई न्यूज/ मंसिर २३, सुर्खेत ।
देशभर लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेकै बेला दैलेखमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय बाबुलाई दैलेख प्रहरीले पक्राउ गरेको छ । बाबुबाट छोरी बलात्कृत हुँदै आएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय दैलेखले ती पुरुषलाई पक्राउ गरेको हो । मदिरा सेवन गरेर आफ्नै नाबालिक छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरिएको दैलेख प्रहरीका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए । उनले पछिल्लो समय गत शुक्रबार दिउँसो साढे चार बजे घरमा कोही नभएको मौका छोपी बाबुले छोरीलाई जवरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको बताए । उनका अनुसार ती पुरुषमाथि जबरजस्ती करणी मुद्दा दर्ता भई अदालतबाट म्याद थपेर घटनाबारे थप अनुसन्धान थालिएको छ ।

Translate »