२०८३ साउन ११ , सोमबार
Sky News Nepal
July 28, 2026

लोकसेवा आयोगले माग्यो ५१३ जना शाखा अधिकृत (विज्ञापनसहित)



मंसिर २४,काठमाडौं ।
लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको छ। आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो। आयोगले सामान्य प्रशासन, राजस्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठतामा दरखास्त आह्वान गरेको छ। जसमध्ये १५३ जना ज्येष्ठता र बाँकी खुला रहेको छ। विज्ञानपन अनुसार न्याय सेवाको खुलातर्फ ३६, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, अपांग दुई र पिछडिएको क्षेत्रका लाग दुई जना माग गरिएको छ। परराष्ट्र, प्रशासन र महालेखा परीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत खुलामा १३२ जना, समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ८, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि पाँच जनाको दरखास्त आह्वान गरिएको छ । यस्तो ज्येष्ठतातर्फ सामान्य प्रशासन ४३, राजश्व ३३, लेखा २७, लेखापरीक्षण ८, परराष्ट्र २, न्याय २७, कानून ५ र सरकारी वकिल तर्फ १७ जना रहेको छ । परीक्षा केन्द्र भने प्रथम चरणका लागि आयोगका सबै कार्यालयहरू तोकिएको छ। द्वितीय चरणका लागि आयोगका धनकुटा, काठमाडौं, पोखरा, जलेश्वर, बुटवल, सुर्खेत र दिपायल कार्यालयहरूबाट तोकिएको छ। दरखास्त दिने अन्तिम मिति पुस १४ सम्म रहेको छ। दोब्बर दस्तुरमा पुस २१ सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ। आयोगले विज्ञापन खुला गरे पनि परीक्षा मिति भने पछि प्रकाशन गरिने जानकारी गराएको छ। (थाहा खबर)

 

प्रकाशित मिति : २०७७ मंसिर २४ गते बुधबार
Translate »