अब प्रेस पास र अनलाईन नविकरण जिल्ला हुलाकबाटै

काठमाडौं धाउनु पर्ने बाध्यताको अन्त्य


स्काई न्यूज /मंसिर २४, काठमाडौं ।
सूचना तथा प्रसारण विभागबाट मात्र वितरण गरिँदै आएको प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन नविकरण अब जिल्ला हुलाक कार्यालयमार्फत गर्न सकिने भएको छ । मङ्सिर २२ गते मन्त्रिस्तरीय निर्णय अनुसार सबै जिल्ला हुलाक कार्यालयलाई अधिकार प्रत्यायोजन गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । यो सगैँ अब मोफसलमा बसेर पत्रकारीता गरिरहेकाहरुका लागि प्रेस पास र अनलाईन नविकरण गर्न काठमाडौंसम्म धाउनु पर्ने बाध्यता हटेको छ । प्रेस पास तथा अनलाईन नविकरणका लागि काठमाडौं जाँदा धेरै खर्चसँगै समय बढी लाग्ने गरेको थियो ।

Translate »