२०८३ असार २८ , आइतबार
Sky News Nepal
२०८३ असार २८ , आइतबार

प्रहरी भर्नामा सेटिङ्ग मिलाउनेदेखि नक्कली परीक्षार्थीसम्म पक्राउ




स्काई न्यूज /मंसिर २५, सुर्खेत ।
सुर्खेतमा नेपाल प्रहरीको भर्ना प्रक्रियामा सेटिङ्ग मिलाउनेदेखि अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–७, स्थित लोक सेवा आयोगको कार्यालयबाट बुधबार अर्काको नाममा परीक्षा दिने ७ जना नक्कली परीक्षार्थीसहित परीक्षामा सेटिङ्ग मिलाउने एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नक्कली परीक्षार्थी दैलेख भगवतीमाई गाउँपालिका–७, का २३ वर्षीय तिलक बिक, २५ वर्षीय दिपेन्द्र बिक, दैलेखकै गुरास गाउँपालिकाका–२, का १९ वर्षीय रामबहादुर कार्की, र चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, का २० वर्षीय रमेश प्रसाद न्यौपाने, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, का १९ वर्षीय याम पौडेल र जिल्लाकै पञ्चपुरी नगरपालिका–२, का १८ वर्षीय उत्तम विसी पञ्चपुरी नगरपालिका–१, का २० वर्षीय रुद्रप्रसाद शर्मासँगै नक्कली प्रशिक्षार्थी मिलाईदिने पञ्चपुरी नगरपालिका–२, का २१ वर्षीय दिपक कँडेल रहेको जिप्रका सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । उनले प्राविधिक प्रहरी जवान संगीत तर्फको परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थी भएको थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेर कार्वाहीका लागि आवश्यक अनुसन्धान भई रहेको बताए । उनका अनुसार मंसिर २० गतेदेखि सञ्चालित प्राविधिक प्रहरी जवान संगीत तर्फको परीक्षामा हाल सम्म ११ जना नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन् ।

 

प्रकाशित मिति : २०७७ मंसिर २५ गते बिहीबार
Translate »