सुर्खेतबाट जन्ति लिएर गएको बस बाँकेमा दुर्घटना


स्काई न्यूज /मंसिर २७, बाँके ।
सुर्खेतबाट जन्ति लिएर गएको बस बाँकेमा दुर्घटना भएको छ । बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सुर्खेतदेखि बर्दियातर्फ जाँदै गरेको भे १ ख २०१७ नम्बरको बस गएराति साढे १० बजे बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ नौवस्तास्थित डिगियामा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घाइतेहरुको नेपालगन्ज मेडिकल  कलेजमा उपचार भइरहेको ईप्रका कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । उनका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन । थप अनुसन्धान जारि रहेको छ ।

Translate »