सुर्खेतमा काँग्रेसको सरकार विरुद्ध सभा


स्काई न्यूज /मंसिर २९, सुर्खेत ।
सुर्खेतमा नेपाली काँग्रेसले सरकार विरुद्ध प्रर्दशनसहित सभा गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको घटनालाई लिएर नेपाली काँग्रेसले सोमवार सुर्खेतसहित देशभर विरोधसभाको आयोजना गरेको हो । विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता एवंम् पूर्व सूचना तथा सञ्चार राज्य मन्त्री तप्तबहादुर विष्टले कम्युनिस्टको सरकार कमाउनिस्ट भएको आरोप लगाउँदै नागरिकका लागि राम्रो काम गर्न  नसकेपछि कांग्रेस सडकमा आएको बताए । उनले जताततै भ्रष्टाचारले जरो गाडेको बताउँदै विमानदेखि महामारीबेला औषधि खरिद गर्दासमेत मन्त्रीहरुले भ्रष्टाचार गरेको आरोप लगाए । त्यस्तै कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले देशभर भ्रष्टाचार र महङ्गी, हत्या, हिसां र बलत्कार बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको आरोप लगाउँदै अधिनायकवादतर्फ लम्किरहेको बताए । उनले राज्यको ढुकुटी बाँडेको आरोप लगाउँदै ‘सत्ता र कुर्सी बाँडफाँडमा कम्यूनिस्टहरु अल्झिरहेको जनाए । यसअघि जिल्लाका विभिन्न स्थानबाट वीरेन्द्रनगर पुगेका कांग्रेस कार्यकर्ताहरुले सरकारविरुद्ध प्रदर्शन गदै स्थानीय मंगलगढी चौकबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै पिपल चौतारामा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले ‘देशमा औषधि छैन, मल छैन, सत्ताको लडाइ, लाज छैन ?, ‘अति भो–अति भो, मुलुककै छवि क्षति भो’, ‘दुई तिहाइको सरकार देखियो, न्यायको घाँटी रेटियो’लगाएतका प्लेय कार्डसमेत बोकेका थिए । सो पार्टीको आव्हानमा देशका अन्य जिल्ला तथा सहरमा विरोध सभा, जुलुस तथा मोटरसाइकल ¥याली गरिएको थियो ।

Translate »