सरकारका सात मन्त्रीद्वारा सामूहिक राजीनामा

पुस ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्न सिफारिस र राष्ट्रपतिले उक्त सिफारिस लगत्तै अनुमोदन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने तिथि तोकेपछि ७ जना मन्त्रीले दिए सामूहिक राजीनामा दिएका छन् । प्रतिनिधिसभा विघटनको निर्णयमा असहमति जनाउँदै सरकारका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।  राजीनामा दिनेहरूमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमािण पोखरेल, ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले आईतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् । प्रतिनिधिसभा विघटनको निर्णयलाई रोक्न मन्त्रिपरिषद्मा समेत आफ्नो तर्फबाट अधिकतम प्रयास गर्दा पनि सफल हुन नसकेपछि राजीनामा दिने निर्णयमा पुगेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमािण पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Translate »