सुर्खेतमा राष्ट्रिय शक्ति नेपाल गठन


स्काई न्यूज /पुस ७, सुर्खेत ।
राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्यसमिति सुर्खेत गठन भएको छ । राष्ट्रिय शक्ति नेपालको मंगलबार सुर्खेतको वीरेन्द्रनगर भएको भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । भेलाले अध्यक्ष नन्दा थापा, उपाध्यक्ष इन्द्रबहादुर शाही, सचिव एगेन्द्रदेव पुरी तथा सदस्यमा राधिका थापा, राजु गुभाजु, लिलाराम पुरी, अमृता शाही, कर्णबहादुर थापा एवं धर्मराज भुसाललाई चयन गरेको छ । कार्यक्रममा वरिष्ठ नेता बसन्त थापा, भुपलाल गिरी एवं दिलमाया थापालगायतले नव गठित कार्य समितिको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

Translate »