कोरियाले सन् २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लैजाने
पुस १०, सोल ।
दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधवार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो संख्या नेपालसहित अन्य १६ ओटा मुलुकका लागि हो । यो संख्या सन् २०२० को तुलनामा ४ हजार कम हो । कोरोना महामारीका कारण सन् २०२० को कोटामध्येका ३० हजार ९०९ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् ।
सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७००, कृषि क्षेत्रमा ६ हजार ४००, मत्स्यपालन क्षेत्रमा ३ हजार, निर्माण क्षेत्रमा १ हजार ८००, सेवा क्षेत्रमा ९पुरानो सामान बटुल्ने छान्नेमा० १०० जना तोकिएको छ ।
यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड ९प्रतिबद्ध पुनः प्रवेश० श्रमिक आउनेछन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ । –रासस