२०८३ कात्तिक २८ , शुक्रबार
Sky News Nepal
November 13, 2026

मुख्यमन्त्री शाहीद्वारा ‘ख्रिष्टमस’को शुभकामना




स्काई न्यूज /पुस १०, सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीको महान् पर्व ‘ख्रिष्टमस’का अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री शाहीले शुक्रबार सन्देश जारी गर्दै ‘ख्रिष्टमस’ले सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा आपसी सद्भाव, स्नेह, सहिष्णुता र भ्रातृत्वको भावना वृद्धि गर्दै राष्ट्रिय एकता, शान्ति र विकास निर्माणका लागि समेत योगदान दिने विश्वास व्यक्त गरे । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतासहितको विविधतायुक्त देशभित्रको समाजमा मानिँदै आएका विभिन्न धर्म, संस्कृति एवं पर्वले नेपाली समाजलाई अझ बढी मौलिक र सम्पन्न बनाएको उल्लेख गर्दै उनले कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै भौतिक दूरी कायम गरेर सङ्घीय तथा प्रदेश सरकारले निर्देशन गरेका स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्डलाई पालना गरी सावधानीका साथ पर्व मनाउन अनुरोध गरे । प्रदेश सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ को सोच साकार पार्न सबै राजनीतिक दल, जनप्रतिनिधि, राष्ट्रसेवक, सङ्घसंस्था, निजी क्षेत्र, पत्रकार सञ्चारकर्मीलगायत सबै कर्णालीवासीलाई सो पर्वले प्रेरित गर्ने विश्वास लिइएको मुख्यमन्त्री शाहीले बताए ।

प्रकाशित मिति : २०७७ पुस १० गते शुक्रबार
Translate »