सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


स्काई न्यूज /पुस १०, दैलेख ।
दैलेख प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको ठाँटिकाँध गाउँपालिका–२, का ४० वर्षीय विष्णुकुमार लामिछाने रहेका छन् । प्रहरीले लामिछानेलाई शुक्रबार उनकै घरनजिकबाट पक्राउ गरिएको जनाएको छ । जिल्ला अदालत दैलेखले २०७३ बैशाख ७ गते लामिछानेलाई सवारी ज्यान मुद्दामा ११ महिना १८ दिन कैद फैसला तोकेको थियो । अदालतको उक्त फैसलालाई अटेर गरि फरार रहेका लामिछानेलाई पक्राउ गरि अदालतमा पेश गरिएको दैलेख प्रहरीले जनाएको छ ।