जैविक विषादी तयार र प्रयोग सम्बन्धि तालिम

पुस २६,मुगु ।
पछिल्लो समयमा कृषि उत्पादनमा लाग्ने रोग कीरा नियन्त्रणका लागि रासायनिक विषादिको प्रयोग बढ्दै जान थालेकाले यसको दीर्घकालिन असरबाट बच्न स्थानिय जैविक विषादी निर्माणको थालनि गरिएको छ । जिल्ला कृषि विकास कार्यालय मुगुले छायानाथ रारा नगरपालिका वडा नं.–४, कालापाल्तका सदरमुकाम गमगढी लगाएतका ठाँउहरुमा तरकारी तथा फलपूल आपुर्ति गर्दै आएका सक्रिय महिला किसानहरुलाइ पहिलो पटक २ दिने जैविक विषादी तयार र प्रयोग सम्बन्धि तालिम दिएको छ । मुगु सडक संजालमा जोडिएपछि आयातित वस्तुहरुको अत्यधिक प्रयोग संगै यहाँका किसानहरुले रासायनिक विषादीको समेत प्रयोग बढाउन थालेका थिए । रासायनिक विषादी खरिद गर्न एकातिर आर्थिक नोक्सान र अर्कोतर्फ त्यसको प्रयोगबाट वातावरणमा दीर्घकालिन असर पर्ने भएकाले स्थानियस्तरमा खेर गैरहेका विभिन्न वनस्पति र जडिबुटीबाट जैविक विषादी निर्माण गर्दा किसानहरुलाइ सहज हुने कृषि विकास कार्यालय मुगुका प्रमुख कमल बहादुर सुनारले बताए ।

Translate »