सुब्बामा जागिर खुल्यो

खुल्लाबाट ४११ र बढुवाबाट ४३२ जना पदपूर्ति हुने

पुस २९, काठमाडौं ।
लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो । काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाइएको छ । यसैगरी धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित भएको छ । जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको पदपूर्ति गरिने छ । पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ । बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जनाको पदपूर्ति हुने छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ । सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ ।यसैगरी दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुलेको छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ ।
हेर्नुहोस् विज्ञापनको संक्षिप्त विवरण

Translate »