कर्णाली डेभलपमेण्ट बैंकले ६ महीनामा १ करोड बढी नाफा कमायो

माघ १६, काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकले चालू आवको दोस्रो त्रैमासमा रू. १ करोड ८३ लाख नाफा कमाएको छ । कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासमा रू. ५९ लाख २८ हजार ऋणात्मक थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधमिा कम्पनीको खुद ब्याज आम्दानी १५४ प्रतिशत वृद्धि भएको छ  । कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. २ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६ करोड ४३ लाख पुगेको हो । चुक्तापूँजी रू. ५० करोड २८ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. २ करोड २३ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ६५, मूल्य आम्दानी अनुपात ४४ दशमलव ११ र प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ५० पुगेको छ । कम्पनीले हालसम्ममा १८ ओटा शाखा कार्यालयहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ  ।

Translate »