नेपाल टप गणेश ढकाललाई मोडेल कलेजले सम्मान ग¥यो


स्काई न्यूज /माघ २२, सुर्खेत ।
सुर्खेत मोडेल कलेजले नेपालमै प्रथम स्थान हासिल गर्ने छात्र गणेश ढकाललाई सम्मान गरेको छ । कलेजले विहीबार विशेष कार्यक्रमको आयोजना गरि त्रिभुवन विश्वविद्यालयले २०७५ सालमा वीवीएस तर्फ लिएको परीक्षामा सुर्खेत मोडेल कलेजका छात्र ढकालले नेपालमै प्रथम स्थान हासिल गरेपछि सम्मान गरेको हो । त्रिविले स्नातक (वीवीएस) विशिष्ट श्रेणीबाट उर्तिण ढकाललाई ‘नेपाल बैंक लिमिटेड छत्र बहादुर’ पदकबाट सम्मान गरेपछि कलेजले आफ्नो प्रतिष्ठालाई देशैभर पहिचान दिलाउन सफल भएका भन्दै अतिरिक्त सम्मान गरको छ । शैक्षिक शत्र २०७२–२०७५ व्याचका प्रतिभाशाली छात्र ढकालले स्नातक (वीवीएस) तर्फ ७५ प्रतिशत अंक ल्याएर विशिष्ट श्रेणी हासिल गरेका थिए ।

जिल्लाको भेरीगंगा नगरपालिका–८, का स्थायी निवासी ढकाल हाल सरकारी जागिरेसँगै स्नातकोत्तर (एमवीएस) मा अध्ययनरत छन् । बाल्यकालदेखि नै पढाईमा अब्बल हुँदै आएका ढकालले कलेजले पुरस्कृत गरेको प्रति खुशी व्यक्त गर्दे स्काई न्यूजसँग भने, ‘मातापिताको आर्शिरवादसँगै मोडेल कलेजका शिक्षक, विद्यार्थी साथीभाई तथा अभिभावकको सहयोग एवं सद्भावबाटै देशमै प्रथम स्थान हासिल गर्न सफलता भएको बताए । उनले गुणस्तरीय पढाईसँगै सरकारी जागिर खानका लागि ठूला शहरमै बसेर मात्र पढ्नु पर्छ भन्ने मान्यतालाई तोड्दै मेहनत गरेपछि साना शहरबाट समेत सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण पेश भएको जनाए । उनले भने, ‘साना–साना मेहनतले पनि सुर्खेत जस्ता साना शहरमा बसेर ठूलो सफलता हात पार्न सकिन्छ भन्ने शिक्षा मिलेको छ । लक्ष्य निश्चित भएपछि निरन्तर मेहनतसँगै दृढ ईच्छाशक्तिले जुनसुकै परिस्थितिमा सफलता सहजै हात पार्न सकिन्छ ।’ यता गणेश ढकालको सफलताबाट मोडल कलेज व्यवस्थापन समितिसँगै शिक्षक, विद्यार्थी तथा अभिभावकमा खुशी छाएको छ । कलेजका प्रिन्सिपल गणेश आचार्यले ढकालको सफलता कलेज र जिल्लाका लागि मात्र होइन देशकै लागि भएको बताए ।

Translate »