जुम्लामा राउटे नागरिकलाई प्रशासनको राहत

माघ २४,जुम्ला ।
मुगुको रारा ताल हुँदै जुम्ला घुम्न पुग्नुभएका तीन जना राउटेलाई जुम्ला प्रशासनले खाद्यान्न सहयोग गरेको छ । तीनै जनालाई जिरा मसिनो चामल १–१ बोराका साथै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले व्यक्तिगत खाजा खर्च ५–५ सय नगद दिए । विभिन्न जिल्ला पुगेर नगद तथा खाद्यान्न राहत जुटाउने, घुम्ने क्रममै राउटे समुदायका तीन जना सुर्खेतबाट जुम्ला पुगेका थिए । जुम्ला पुगेर प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापासँग भेटघाट गरी राहत लिएर उहाँहरू फर्किनुभएको हो । प्रजिअ थापामा अनुसार गाडी भाडा, खाद्यान्न गरी करिब ७–८ हजारको राहत दिइएको छ । भेटका अवसरमा राउटे नागरिकले आफ्नै हातले तयार गरेका रोटी बनाउने बेलना प्रजिअ थापालाई उपहार स्वरूप दिए । प्रजिअ थापाले बेलना बनाउने, ठेकी बनाउने पेशालाई व्यवसायीकरण गर्न सरकारले लगानी गर्नुपर्ने बताए ।

Translate »