जुम्लामै जेसीबिको डिलर सञ्चालनमा

सागर परियार / माघ २५,जुम्ला ।
देशमा संघियतापछि पूर्वाधार विकास निर्माणले गति लिएको छ । तीनै तहका सरकारको पहिलो प्रथामिकतामै पूर्वाधार विकास छ । कर्णाली जस्तो भौगिक विकटता भएको क्षेत्रमा पूर्वाधार विकास अपरिहार्य पनि छ । सोही अनुसार स्थानीय सरकारले पूर्वाधार विकासमा लगानी पनि गरिरहेका छन् । तर एकातर्फ पूर्वाधार विकास धमाधम हुनु र अर्कोतर्फ जिल्लामै मेसिन नहुँदा महगोमा बाहिरबाट ल्याउनु पर्ने बाध्यतामा कर्णालीका निर्माण व्यवसायी छन् । विकास निर्माणलाई छिटो छरितो गर्न र निर्माण व्यवसायीका समस्या मध्यनजर गर्दै कर्णालीमै पहिलो पटक जेसिबीको २० औं डिलर जुम्लामा सञ्चालन गरिएको छ । जुम्ला सदरमुकाम खलंगामा आज विहान कर्णाली प्रदेशका सांसद तथा लेखा समिति संयोजक दिनबन्दु श्रेष्ठले डिलरको औपचारिक उद्घाटन गरे । उनले जुम्लामै जेसिबीको डिलर सञ्चालनले कर्णालीको भौतिक पूर्वाधार विकासले गति लिने बताए ।

जुम्लामै मेसिन पाइने भएपछि निर्माण व्यवसायीलाई पनि राहत हुने र मेसिन अभावले विकासका काम पनि नरोकिने विश्वास व्यक्त गरे। एमएडब्लु अर्थ मुर्भस प्राली अन्तरर्गत (जेसिबी) को आधारिक विक्रेताका रुपमा अंकित जनरल स्टोर तथा सप्लार्यसले कर्णालीमै पहिलो जुम्लामा जेविसीको बिक्री शुरु गरेको सप्लायर्सका प्रोप्राइटर सुमन खड्काले बताए । उनले भने,“साविक कर्णाली लगायत दैलेख, सुर्खेतसम्म बिक्री गर्ने लक्ष्य छ । संघीयतापछि विकास निर्माणको गति हेर्दा कर्णालीमै जेसिबीलगायत अन्य मेसिन आवश्यक देखियो ।” त्यसैले ४ करोडभन्दा बढीको एकल लगानीमा जुम्लामै (जेसिबी)को डिलर सञ्चालन गरेको खड्काले उल्लेख गरे। जुम्लामै जेविसी,ब्याकहोल लोडर, स्काभेटर, हुइल लोडर, रोलर, जेनेरेटरलगायतका निर्माण क्षेत्रमा प्रयोग हुने सम्पुर्ण मेसिन सुलभ मुल्यमा बिक्री गर्नेको खड्काको भनाई छ । दुई जना दक्ष इन्जिनियरसहित ६ जना जनशक्ति डिलरमा कार्यरत रहेका छन् भने, आवश्यकता अनुसार सबै मोडलका मेसिनहरु अर्डर भएको एक हप्तामा निर्माण स्थलमा पुराउने जानकारी दिए । जेसिवी कम्पन्नीका सेल्स म्यानेजर कन्चन शिलवालले निर्माण क्षेत्रमा प्रयोग हुने ८० प्रतिशत विभिन्न मेसिन जेसिवि कम्पन्नीमै पाइने बताए । न्युन भ्याट र भन्सार शुल्कमै ४८ लाखभन्दा माथिको मुल्यमा मेसिन उपलब्ध गराउन सकिने उनको भनाई छ ।
निर्माण व्यवसायी खुसी
बाहिरबाट भाडा मेसिन ल्याउनु पर्ने, विकास खच भन्दा मेसिन खर्च बढी दिनुपर्ने बाध्यताबाट कर्णालीका अधिकांश निर्माण व्यवसायी हैरान छन् । भनेकै बेला मेसिन नपाईने पाइएपनि महंगो भाडा लाग्ने समस्या थियो । जसका कारण विकास निर्माणका योजना समयमै सम्पन्न हुन गाह्रो हुन्थ्यो । तर ढिलै भए पनि जुम्लामा जेसिविको डिलर सञ्चालन हुँदा निर्माण राहत भएको व्यवसायी जीवन रोकायाले बताए । उनले भने,“वर्षौदेखि भाडाकै मेसिन लिएर निर्माण कार्य गर्यौ । दशकौसम्म ठेक्का पट्टा गरेका धेरै निर्माण व्यवसायी आफ्नै मेसिन खरिदको तयारीमा थिए । अब जुम्लामै जेसिबी पाइने भएपछि ढुवानी मुल्यपनि नलाग्ने, सस्तोमै भनेकै बेला नयाँ मेसिन खरिद गर्न सकिने भएकोले निर्माण व्यवसायी खुसी भएको उनको भनाई छ । आज डिलर उद्घाटनसँगै जीवन रोकाया, सुमन खड्का लगायत तीन जना निर्माण व्यवसायीलाई नयाँ मेसिनको चाबी हस्तान्तरण गरिएको छ ।

 

 

Translate »