हुम्लाका महिला बेमौसमी तरकारीमा आकर्षित

माघ २८,हुम्ला ।
हुम्लाका महिलाहरु तरकारीबाट मन्ग्य आम्दानी गर्न थालेका छन । सिमकोट गाउँपालिका–४ का महिलाहरु तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन । आफ्नै जमिनमा उत्पादन भएजतिका तरकारी सबै बिक्रि हुने अनुसार आम्दानी पनि भएकोले यहाँका महिलाहरु खेतीतर्फ आर्कषित भएका हुन् । बजार नजिक भएका कारण पनि यहाँका महिलाहरु मौसम अनुसार तरकारी खेती गरी आम्दानी गर्दै आइरहेका छन ।


तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका महिलाहरु यसतर्फ आकर्षित भएका हुन । बजार नजिकै भएकोले खेतबारीमा मौसम अनुसार तरकारी खेती गरी आम्दानी गदै आइरहेको सिमकोट गाउँपालिका–४ का किसाना कुन्जोग लामाले बताए । तरकारी खेती छोरा छोरीहरु बिएसी एजी पढाउने गरेको लामाले बताए। तरकारी खेतीबाट वार्षिक ६ लाख सम्म आम्दानी गर्दै आएको लामाको भनाइ छ । यहाँका महिलाहरु बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएको अर्की किसान छपाल लामाले बताए । गुर्ड नेर्वस इन्टरनेशनल संस्थाले ग्रिन हाउसका पाल र सामान उपलब्ध गराएपछि आफुहरुलाई हौसला प्रदान भएको लामाले बताए। सिमकोट गाँउपालिका- ४ बुराउसे गाउँका अधिकाश महिलाहरु बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन ।

Translate »