कलाकारलाई उपाधि : सम्मान कि प्रचारबाजी ?

रेखा थापा भन्छिन् : 'कलाकार महान र तुच्छ हुँदैन'

माघ ३०,काठमाडौँ ।
कोरोना महामारीमा अभिनेता राजेश हमाल र अभिनेत्री दीपाश्री निरौलाबीचको विवाद निकै चर्कियो । विवादको विषय थियो, महानायकुउपाधि । अभिनेत्री दीपाश्री निरौलाले एक अन्तर्वार्तामा राजेशलाई दिइएको महानायकु उपाधिमाथि उठाएको प्रश्नलाई लिएर चर्कै विवाद भयो । महानायकु विवाद चर्किँरहँदा उपाधिको पक्ष विपक्षमा बहस भयो । कतिले हमाल महानायकको हकदार रहेको भन्दै अभिव्यक्ति दिए । कतिले कुनै पनि कलाकारलाई यस्तो उपाधि दिन नहुने बताए । विवादकै कारण सामाजिक सञ्जालमा आएको टीकाटिप्पणीले डिप्रेसनको नजिक पुगेको दीपाले बताइन् । जे होस् यो विवाद अहिले सेलाएको छ । महानायकु विवाद सेलाएको केही महिनामै आरके इन्टरटेन्टमेन्टुले अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाु उपाधि दिएको छ । माघ २४ गते सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, अभिनेता राजेश हमाल र नीर शाहलगायतको उपस्थितिमा उनलाई महानायिकाुको ताज पनि पहिर्‍याइयो ।

महानायकु उपाधिमाथि प्रश्न उठ्दा उठ्दै अर्को उपाधि किन आवश्यक पर्‍यो त ? आरके इन्टरटेन्टमेन्टका संस्थापक अध्यक्ष राम केसी करिश्माले लामो समय फिल्म क्षेत्रमा योगदान दिएकै कारण उपाधि दिएको तर्क गर्छन् । हामीले यही क्षेत्रमा रहेका नीर शाह, शम्भुजित बास्कोटा र चलचित्र विकास वोर्डका सदस्यसँगको छलफलपछि उहाँलाई महानायिका घोषणा गरेका हौं, अध्यक्ष केसीले भने, करिश्माले तीन दशकदेखि नेपाली फिल्म क्षेत्रमा टेवा पुर्‍याउनु भएका कारणले उहाँलाई यो पदवी दियौं । संस्थाको ९औं वार्षिक उत्सवमा आफूहरुले राजेश हमाललाई महानायकु घोषणा गरेको उनको दाबी छ । राजेशले विदेश पलायन नभई फिल्म क्षेत्रमा योगदान पुर्‍याएको आधारमा उपाधि दिइएको उनी बताउँछन् । महानायिकाु किन चाहियो त ? भनेर प्रश्न गर्दा अध्यक्ष केसीले जवाफमा भने, फिल्म क्षेत्रको अग्रजलाई सम्मान गरेनौँ भने उद्योग धरासायी हुन्छ । यही क्षेत्रमा समर्पित भएर लागेका कलाकारलाई सम्मान गर्यो भने राज्यको ध्यान पनि जाने भयो । त्यसैले उहाँहरुलाई सम्मान गर्यौं ।उनी थप्छन्, राष्ट्रिय खेलाडीलाई तलब छ । खोइ त कलाकारलाई तलबको व्यवस्था । ती कुरा सुनिश्चित गर्न हामीले उपाधिको घोषणा गरेका हौं ।

के भन्छन् त कलाकार ?

अभिनेत्री रेखा थापा कुनै कलाकार यस्तो उपाधिमा अल्झिन नहुने बताउँछिन् । ुउपाधि जनताले दिने कुरा हो । महानायक एक जना मात्र हुन्छ, उहाँ पृथ्वीनारायण शाह हो । महानायकले देश, जनता र भूगोलका लागि के गरेको छ भन्नेले अर्थ राख्छ, उनले भनिन्, कलाकार कोही महान र तुच्छ हुँदैन । कलाकार सबैले नवरसमा काम गरिरहेको हुन्छ । कहिले पनि कलाकार पोख्त र पूर्ण हुँदैन । उसले जहिल्यै पनि सिकिरहेको हुन्छ । कलाकारले यस्ता उपाधि लिनु अगाडि सोच्नुपर्ने रेखाको भनाइ छ । कलाकार कोही सानो र ठूलो हुँदैन । कलाकारले गर्ने अभिनयको प्यारामिटर एउटै रसमा हुन्छ, रेखाले भनिन्, म कोही महान हुन्छ भन्ने कुरामा विश्वास गर्दिनँ ।

यस्तो उपाधिका मापदण्डमाथि प्रश्न गर्छिन् रेखा,महान हुनुका मापदण्ड के-के हुन् ?

फिल्म निर्देशक मनोज पण्डित मिडियाले यस्तो विषयमा बहस गर्न नहुने बताउँछन् । हामी लोकतान्त्रिक समाजको परिकल्पना गर्ने हो भने यो समाजमा सबैलाई आ(आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ, उनले भने,जसको जस्तो सोच हुन्छ उसले उस्तै अवधारणा निर्माण गर्छ । महानायकरमहानायिका बनाउनेहरुले आफ्नो निश्चित स्वार्थअनुसार उपाधि दिइरहेका हुन्छन् । अभिनेत्री सुरक्षा पन्त उपाधि दिने प्रवृत्तिले दासत्वतिर लाने विचार राख्छिन् ।  हामी कसैलाई पनि देवता मान्ने धारणामा विश्वास गर्नुहुँदैन । अभिनेतारअभिनेत्रीलाई पनि देवता मान्नु हुँदैन, उनले भनिन्, कलाकारको कामको प्रशंसा गर्ने हो । सँधै एकैजना व्यक्तिले शासन गर्ने विचारधारा हुनुहुँदैन । महानायिकारमहानायक दियो भने उसले त्यो पद सम्हालेर बसेको जस्तो हुन्छ । अवार्डले नै कलाकारलाई हौसला दिने बताउँदै कलाकार दर्शकको मायामै रमाउन सिक्नुपर्ने उनी बताउँछिन् । कलाकार शान्त रुपमा चम्कनुपर्छजस्तो लाग्छ । उपाधि दिने प्रथाले मानिसलाई दासत्वतिर लैजान्छ जस्तो लाग्छ,  उनले भनिन् । अभिनेता विपिन कार्की कलाकार भएर चिनिनु नै ठूलो उपाधि रहेको बताउँछन् ।

कुनै उपाधि चाहिन्छ जस्तो लाग्दैन मलाई । उपाधि कसले दिने भन्ने कुरा पनि आउँछ, उनले भने,राष्ट्रियस्तरबाटै उपाधिसहित पुरस्कार दियो भने उचित नै हो जस्तो लाग्छ । संस्था वा व्यक्तिगत तवरले उपाधि दिनुभन्दा राज्यले दिएको सर्वमान्य हुन्छ । अभिनेता दीपकराज गिरी महानायिकाको उपाधि एक जनालाई दिँदा अन्य अभिनेत्रीहरुको चित्त दुख्ने बताउँछन् । कलाकारलाई उपाधि दिनु आपत्ति होइन । हाम्रो कलाकार साथीले उपाधि पाउनु त राम्रो हो । तर महानायिका भनेर उपाधि दिँदा वर्षौंदेखि काम गरिरहेका अभिनेत्रीहरुलाई त चित्त दुख्न सक्छ, उनले भने । सर्वप्रिय, सदाबहारको ट्याग दिए पनि महानायक र महानायिकाको उपाधि दिन नहुने कसैलाई दिन नहुने उनको भनाइ छ । भोलि कुनै कार्यक्रम गरेर महानायिका, महाकवि, महालेखक, महानायक घोषणा गर्नु राम्रो परम्परा हो जस्तो लाग्दैन । कलाकारको अगाडि कुनै उपाधि आवश्यक छैन । हरिवंश, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल नामै काफी छ, उनले भने । उपाधिको मूल्यांकन गर्ने कसलेरुु दीपकको प्रश्न छ । हामी किन सबैलाई महान बनाउने । यो गलत प्रवृति हो । महान त कलाकारले दिएको फिल्मले हुने हो, दीपकले भने । उपाधिबारे प्रश्न गर्दा अभिनेत्री करिश्माले भने कान्तिपुरसँग बोल्न चाहिनन् । कान्तिपुर

Translate »