पश्चिमी वायुको प्रभावले शनिवार वर्षा र हिमपातको सम्भावना

फागुन १, काठमाडौं ।
पश्चिमी वायुको प्रभावले शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले शनिवार एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातका साथै प्रदेश नं १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ । मौसमविद्का अनुसार उक्त प्रणालीको प्रभावले आगामी सोमबार देशभर आंशिकदेखि सामान्य बदली हुने बताइएको छ ।

यस प्रणालीमा जलवायुयुक्त हावा कम भएकाले ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातका साथै प्रदेश नं १ का पहाडी भूभागका एक वा दुई स्थानका हल्का वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

Translate »