सुर्खेतका प्रभावशाली व्यवसायी लक्ष्मण कँडेल कृषि उद्यम सञ्चालक समितिमा मनोनित


स्काई न्यूज /फागुन ५, सुर्खेत ।
सुर्खेतका प्रभावशाली व्यवसायी लक्ष्मण कँडेल कृषि उद्यम सञ्चालक समितिमा मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले कँडेललाई फागुन २ गतेदेखि लागु हुने गरि केन्द्रको सञ्चालक समितिमा मनोनित गरेको हो । नेउवा महासंघको महत्वपूर्ण घटक कृषि उद्यममा कर्णालीबाट कँडेलको मनोनित हुनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव समेत रहेका बहु प्रतिभाशाली कँडेल मनोनित पश्चात केन्द्रलाई प्रभावकारी रुपमा अगाडी बढाउनमा समन्वयकारी भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको कृषि उद्यमका सभापति अरुणराज सुमार्गीले बताए । उनले कर्णालीको दिगो आर्थिक विकासका लागि कृषि उद्यमको महत्वपूर्ण भूमिका रहेकाले सुउवासंघका महासचिव कँडेलको चयन गरिएको जनाए । यता मनोनित कँडेलले कर्णालीको कृषि क्षेत्रमा रहेको सम्भावनालाई पहिचान गरि थप प्रवद्र्धन गर्दै उन्नयनका लागि काम गर्ने स्काई न्यूजलाई बताएका छन् । उनले कृषि क्षेत्रको पहिचानसँगै कर्णालीका कृषिजन्य वस्तुलाई देश विदेशसम्म प्रवद्र्धन गर्दै प्रचार–प्रसार गरेर कृषि उद्यमको विकासमा जुट्ने जनाए । महासंघको कृषि उद्यमले आफुलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी कर्णालीको कृषि उद्यमलाई अगाडि बढाउने योजना रहेको उनको भनाइ छ ।

Translate »