प्राविधिक जनशक्ति अभावले पूर्वाधार विकासमा समस्या

सागर परियार/ फागुन ०७ जुम्ला ।
सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय संघियतापछि पूर्वाधार विकासको सबैभन्दा ठुलो कार्यालय हो । जहाँ वर्षेनि करोडौ अर्बौको लगानीमा सरकारी भवन, अस्पताल, सडक निर्माणका काम गर्छ । साविक कर्णालीको पूर्वाधार विकास हेर्ने गरी संघियतापछि स्थापना भएको सघन सहरी तथा भवन निर्माण आयोजनको कार्यालय जुम्लामा प्राविधिक जनशक्ति अभावले काम गर्न समस्या भएको छ । साविक कर्णालीका जुम्ला,कालिकोट,मुगु, हुम्ला र डोल्पा जिल्लाको पूर्वाधार विकासलाई हेर्ने कार्यालयमै दरबन्दी अनुसार प्राविधिक जनशक्ति नहुँदा पूर्वाधार विकासमा समस्या भएको कार्यालयका सव ईन्जिनियर चन्द्र खड्काले बताए। उनले भने,“कार्यालय जुम्लामा छ । कार्यक्षेत्र पाँच जिल्लामा छ । भौगोलिक विकटताका कारण एकैजना कर्मचारी धेरै ठाउँमा पुग्न समय लाग्छ । कर्णालीमा बजेट भन्दा कर्मचारी अभावले पूर्वाधार विकासका काम प्रभावित हुने गरेका छन् ।”संघिय सरकार अन्तरर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमा जम्मा दरबन्दी १२ जनाको भएपनि हाल ७ जना मात्रै कार्यरत छन् ।

जसमा ४ जना प्रशासन तर्फ ३ जना प्राविधिक तर्फका कर्मचारी छ । खड्काले थप्नुभयो,“एक जना प्राविधिकको अभावमा निर्माण क्षेत्र प्रभावित हुन्छ । हामी संग ४ जना प्राविधिक जनशक्ति वर्षौ देखि अभाव छ । जसले गर्दा पाँच जिल्लामा सडक,भवन, लगायतका पूर्वाधार विकासमा समस्या भएको छ ।”साथै कर्णालीमा पूर्वाधार विकासको मुख्य चुनौती भनेकै भौगोलिक विकटता, दोस्रो जनशक्ति अभाव र तेस्रो बजेट अभाव हो । त्यसैमाथि विकास पूर्वाधार क्षेत्रमा काम गर्ने कार्यालयमा प्राय बजेट जनशक्ति अभाव देखिन्छन् । सघन सहरी तथा भवन निर्माणको कार्यालयमा बजेट भन्दा जनशक्ति अभावले समस्या भएको बुझिएको छ । सब ईन्जिनियर खड्का अनुसार हुम्ला, डोल्पा, मुगुका दुरदराजमा आफै दौडनु परेको अबस्था छ । एकजना प्राविधिक बिना पूर्वाधार विकास कार्यक्रमहरु अलपत्र हुन्छन् । तर हामी संग ५ जना प्राविधिक छैनन् । तर पनि हाल कार्यरत हामी ३ जना प्राविधिक कर्मचारीले स्वास्थ्य,सरकारी भवन देखि सडक योजनाका स्टमेट,अनुगमन निरिक्षण देखि अन्य काम भईरहेको छ ।
विभिन्न पाँच शिर्षकका पूर्वाधार बनाउदै
सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयले चालु आवमा विभिन्न पाँच शिर्षकमा रहेर विकास निर्माणका काम गरिरहेको छ । बहुवर्षिय आयोजनाका रुपमा विभिन्न योजना संचालित अबस्थामा छन् ।जसमा पहिलो ‘सघन सहरी विकास कार्यक्रम’ यस अन्तरगर्त सडक तथा ढल निकास निर्माण गर्छौ । यो शिर्षकका चालु आवमा जम्मा २२ करोड १० लाख विनियोजित भएकोमा हाल सम्म खर्च १ करोड ९० लाख मात्रै भएको छ । दोस्रो‘एकिकृत पूर्वाधार विकास’ कार्यक्रम जुन कार्यक्रम उपभोक्ता समिति मार्फत संचालन भईरहेको छ यो शिर्षककमा विनियोजित ७ करोड बजेट मध्य ३७ लाख मात्रै खर्च भएको अबस्था छ । तेस्रो ‘भवन निर्माण संहिता सरकारी भवन निर्माण’ शिर्षकको कार्यक्रम छ । जुन शिर्षक अन्तरगर्त हामी नितान्त सरकारी भवनहरु मात्रै निर्माण भईरहेका छ । यो शिर्षकमा विनियोजित १३ करोड ७५ लाख बजेट मध्य खर्च ७ करोड ४९ लाख भएको छ ।भने चौथो कार्यक्रम,‘एकिकृत स्वास्थ्य पूर्वाधार विकास’ कार्यक्रम हो । यस कार्यक्रम अन्तरगर्त स्वस्थ्य संग संम्बन्धीत भवनहरु मात्रै निर्माण गर्छौ । यो शिर्षकमा १८ करोड ३६ लाख बजेट छुटाइएकोमा हाल सम्म २ करोड ६८ लाख बजेट खर्च भएको छ । अन्तिममा पाँचौ कार्यक्रम ‘आवास व्यवस्थापन कार्यक्रम’ हो ।यस कार्यक्रम मार्फत हामी साविक कर्णालीका २९ सय ९५ घरधुरीका छाना फेर्दै छौ । प्रतिपरिवारले ५० हजार पाउने छन् । हााल सम्म यस कार्यालयबाट कर्णालीका पााच जिल्लामा सरकारी भवन, स्वास्थ्य संस्था, कारागारा, गरी २९ वटा सरकारी भवन निर्माण भएको सव ईन्जिनियर खड्काले बताए ।