सुर्खेतमा मोटरसाईलकको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

स्काई न्यूज/ फागुन १२, सुर्खेत ।
सुर्खेत प्रहरीले मोटरसाइकलको प्रयोगात्मक (ट्रायल) परीक्षामा सहभागि नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा सञ्चालन गरेको सवारी चालक अनुमति पत्र मोटरसाइकलको प्रयोगात्मक परीक्षामा नक्कली परीक्षार्थीलाई प्रहरीले रंगेहात हात पक्राउ गरेको हो । पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका—५, घर भएका रंगबहादुर मल्ल र निरक चन्द रहेका छन् । सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले अनुचित लाभका लागि मल्लले आफ्नो सट्टामा चन्दलाई मोटरसाइकलको प्रयोगात्मक परीक्षा दिन लगाएको पाईएपछि दुबै जनालाई पक्राउ गरि थप अनुसन्धानसहित आवश्यक कार्वाही शुरु गरिएको जानकारी दिए । उनका अनुुसार पक्राउ परेका उपर मुलकी अपराध संहित ऐन २०७४ अनुसार एक वर्ष कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुने कानून व्यवस्था रहेको छ । यता पक्राउ परेका नक्कली परीक्षार्थी छुट्टाउन राजनीति दलका कार्यकर्ताले स्थानीय प्रशासनलाई दवाव दिईरहेको बतााईएको छ । उता यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले मोटरसाइकलको ट्रायल परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउनेलाई समेत नियन्त्रणमा लिएर कार्वाहीका लागि प्रहरीको जिम्मा लगाईएको बताए ।