साना किसानले रजत जयन्ती मनायो

रजत महोत्सवको अवसरमा संस्थालाई सहयोगगर्ने देखि कर्मचारीलाई समेत सम्मान


स्काई न्यूज /चैत १३, सुर्खेत ।
सुर्खेतको चर्चित साना किसान कृषि सहकारी संस्थाले रजत जयन्ती मनाएको छ । कृषिको समृद्धिका लागि स्थापना गरिएको साना किसानले पछिल्लो २५ वर्षमा कृषिक्रान्तिका लागि विभिन्न आरोव–अवरोह पार्दै शुक्रबार रजत जयन्ती मनाएको हो । रजत महोत्सवको अवसर साना किसानले संस्थालाई सहयोग सहयोग पु¥याउने संस्थापक सञ्चालक, सल्लाहकार, कर्मचारी, एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यको छोराछोरीलाई, उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ ।

महोत्सवमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, राष्ट्रिय सहकारी बैंक सञ्चालक हरिहरनाथ योगी, कृषि सहकारी संघका कर्णाली प्रदेश संयोजक शेरबहादुर परियार, जिल्ला कृषि सहकारी संघका अध्यक्ष अमृत विसी, वीनपा २ नम्वर वडाध्यक्ष बलबहादुर रोकाय, साना किसान विकास बैंक ईलाका प्रबन्धक राजेन्द्र भण्डारीले साना किसान कृषि सहकारीले कृषि क्रान्तिका लागि खेलेको उल्लेखनीय भूमिकाको प्रशंसा गर्दे आउँदा दिनहरुमा कृषिको उन्नती, प्रगति तथा कृषकको जीवनरुपान्तरणका लागि महत्वपूर्ण कार्य गर्न सुझाव दिए । साना किसानले आफ्नो रजत जयन्तीको अवसरमा स्मारिका पुस्तिका, रक्तदान, म्युजिक चियर, हाजिरीजवाफ प्रतियोगिता एवं विजेतालाई सम्मानपत्रसहित पुरस्कृत गरिएको संस्थाका प्रबन्धक चित्रप्रसाद रेग्मीले जानकारी दिए । उनले संस्थाका अध्यक्ष चाँदनी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गंगा भारतीले स्वागत गर्दे भव्य कार्यक्रम सम्पन्न गरिएको बताए ।

Translate »