वायु प्रदूषणका कारण भोलिदेखि ४ दिन शिक्षण संस्था बन्द हुने

स्काई न्यूज /चैत १६, काठमाडौं ।
सरकारले देशभरका शिक्षण संस्थाहरु मंगलबारदेखि चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सामेवार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए। बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकूलताको कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए । उनले विद्यालयसहित देशका सबै शिक्षण संस्था बन्द गर्ने मन्त्रीस्तरीय निर्णय भएको बताए । शुक्रबारदेखि देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेपछि विज्ञहरुले सरकारलाई विद्यालय बन्द गर्न सुझाव दिएका थिए ।

Translate »