२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

कोरोना रोक्न भन्दै जाजरकोटमा मष्टोलाई बलि



 

जेठ २,जाजरकोट ।
कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा मष्टोलाई बलि (बोका) चढाइएको छ। शनिबार दिउँसो गाउँलेहरू जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्रीले बताए। नलगाडमा एक जनप्रतिनिधिको मृत्यु भएसँगै छिमेकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा व्यापक मात्रामा कोरोनाको सङ्क्रमण बढेपछि सो रोक्न बलि दिइएको खत्रीले जानकारी दिए। उनले भने, यसको औषधि बनेको छैन रे, हाम्रो गाउँमा समेत एक जनालाई कोरोना देखिसक्यो। बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको छौँ। यही जेठ १२ गते मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको भाकल गरिएको छ। शनिबारदेखि रातभर खर्कराती गर्ने ९गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिरमा जाग्राम बस्ने० योजनासाथ गाउँलेहरू मन्दिरमा जम्मा भएको खत्रीले बताए। मष्टा देवता र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने धामी हर्कबहादुर खत्रीले बताए। पटकपटक यस्ता खालका महाविपत्ति आउँदा देवताको शरणमा जाने गरेको उनले बताए। हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरूको बाहुल्य रहेको गाउँ हो। यहाँ जुम्लाकै मष्टो देवता पुज्ने गरिन्छ। जाजरकोटमा झाडापखाला रोग नियन्त्रणका लागि पनि यहाँका गाउँलेहरू देवताको शरणमा गएका थिए। गाउँलेहरूले पैसा जम्मा गरी उठाएको रकमबाट बोका खरिद गरी देवताका नाममा बलि दिने चलन रहेको छ।(थाहा खबर)

प्रकाशित मिति : २०७८ जेठ २ गते आइतबार
Translate »