भेरी कोरिडोर लिफ्ट सिंचाई : पानी पुगेपछि बाँझो खेत हरियाली

स्काई न्यूज / पुस ८, सुर्खेत ।  राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको काम तीव्र पारिएसँगै अर्को ठूलो परियोजना भेरी कोरिडोरको काम पनि सँगसँगै अघि बढेको छ । भेरी नदी किनाराको जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको भेरी कोरिडोर परियोजनाले बाँझो खेतमा लिफ्ट सिंचाई मार्फत पानी पु¥याई दिएपछि कृषकले बाँझो खेतलाई हरियाली बनाएका छन् ।

अहिले सौर्य शक्तिमा आधारित सिंचाई प्रविधिको प्रयोगले तरकारी उत्पादन गरि कृषकले गाउँको मुहार नै फेरेका छन् । केही समय पहिले भेरी नदी किनारका गाउँलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्थ्यो । खेतीपातीका लागि किसानले आकाशे पानीको बाटो हेरेर कुर्नु पथ्र्यो । वस्ती नजिकैबाट नदि सुसाईरहेको भएपनि सिंचाइ अभावले वर्षभरी खान पुग्दैनथ्यो ।

 

अुपग अन्नपातको जोहो गर्न भारतको कालापहाड जानु पर्ने बाध्यता थियो । तर, अहिले भेरी करिडोर आयोजनाको सहयोगबाट सौर्य शक्तिमा आधारित सिंचाई प्रविधिको प्रयोगले तरकारी उत्पादन गरि कृषकले गाउँको मुहार नै फेरेका छन् । बाह्रै महिना गाउँमा सिंचाईको सुविधा पुगेपछि कतिपय युवा विदेश जाने सोच त्यागेर गाउँमै तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको स्थानीय अगुवा कृषक देवेन्द्र ठकुरीले बताए ।

वर्षौदेखि सुक्खा जमिनमा आयोजनाले लिफ्ट सिंचाई पु¥याएपछि कृषक उत्साहित भएका छन् । अहिले आधुनिक तरकारीखेतीसँगै धान, गहुँ र मकै जस्ता अन्नबालीको उत्पादन बृद्धिले जीवनस्रतमा नै सुधार आएको अर्का कृषक मनसरा खड्कले बताईन् । आयोजनाले यस वर्ष पूर्वी सुर्खेतको घोरेटादेखि सल्यानको देवस्थल हुँदै पश्चिम सुर्खेतको घाटगाउँसम्मको १ सय २५ किलोमिटर क्षेत्रमा सोलार सिँचाइ, लिफ्ट सिँचाइ, सहत सिंचाई, कुलो मर्मत र नदी नियन्त्रण गर्ने कार्य अघि बढाएको भेरी–बबई डाईभर्सन बहुउद्देश्य आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) लेखनाथ सुवेदीले जनाए ।

उनले भेरी करिडोर सिंचाई विकास आयोजना अन्तर्गत ४२ प्रतिशत भौतिक प्रगतिसँगै करिब ६ हजार हेक्टर जमिनमा लिफ्ट एवं सतह सिंचाई पु¥याईएको बताए । उनका अनुसार अनुसार आयोजनाको कुल भौतिक प्रगति हालसम्म ४९.५ प्रतिशत प्रगति भएको छ । अबको २ वर्षभित्र आयोजनाले भेरी कोरिडोरका ६ हजार ८ सय हेक्टर जमीनमा सिँचाइ सुविधासँगै विद्युत पु¥याउने लक्ष्य राखेको छ । करीब ४ अर्ब रुपैयाँ लागतको यो आयोजना भेरी नदी किनारका बासिन्दाको समृद्धिका लागि कोसेढुंगा सावित अपेक्षा राखिएको छ ।

Translate »