बैंक तथा वित्तीय संस्थामा २०० जनालाई रोजगारी

पुस २१, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा एकैपटक २०० जना भन्दा धेरैलाई रोजगारीको अवसर आएको छ।

एनआईसी एसिया बैंकमा मात्रै १०० जना चार्टड एकाउन्टेन्टका लागि रोजगारीको अवसर आउँदा प्रुडेन्सियल इन्स्योरेन्समा ४५ जनाको लागि रोजगारीको अवसर छ।

त्यस्तै एनएमबी बैंकमा १३ जनाको लागि रोजगारीको अवसर छ भने, लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकमा पनि केही संख्यामा कर्मचारी चाहिएको छ।

भक्तपुरमा रहेको शुभ-मिलन सहकारीले पनि २७ जना कर्मचारी माग गरेको छ।

रोजगारीको विस्तृत विवरण भने सम्बन्धित कम्पनीको वेवसाइट र मेरोजवमा उपलब्ध छ।

Translate »