सुर्खेतमा मास्क नलगाउनेलाई जरिवाना अभियान

स्काई न्यूज /माघ ७, सुर्खेत । सुर्खेतमा कोभिड–१९, संक्रमण दर बढ्दै गएपछि रोकथाम, नियन्त्रण गर्नका लागि मास्क नलगाउने व्यक्तिलाई जरिवाना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना रोकथाम, नियन्त्रणमा आम नागरिकबाट समेत हेलचक्राई बढ्दै गएको पाएपछि शनिबारदेखि मास्क नलगाउनेलाई जरिवाना गर्न लागेको हो ।

शुक्रबार सार्वजनिक भिडभाड हुने स्थान वीरेन्द्रनगर बसपार्क, मंगलगढी चोकलगायतका स्थानमा सचेतना अभियान पश्चात अब जरिवाना अभियानलाई तीव्रता दिन लागिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनले बस पार्क क्षेत्रमा धेरैजसो यातायात श्रमिक तथा यात्रुले समेत मास्क नलगाएको पाईएपछि मास्क नलगाउने व्यक्तिलाई जरिवाना अभियानलाई कडाईले कार्यान्वयन गर्न लागिएको जनाए ।

उनका अनुसार माघ १ गते राती १२ बजेदेखि कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन जिल्लाभरी लागु हुने गरि ‘स्मार्ट लकडाउन’ लागु गरिसकिएको छ । तर पनि मास्क लगाउन अटेर गर्ने गरेको पाइएपछि सरुवा रोग संक्रमण नियन्त्रण सम्बन्धी मापदण्ड बमोजिम मास्क नलगाउनेलाई जरिवाना तिराउन बाध्य भएको उनका भनाइ छ ।

शुक्रबार प्रजिअ रिजाल, सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्ट, जिल्ला ट्राफिक कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतको टोलीले बजार क्षेत्रमा अनुगमन गरी मास्क नलगाएका व्यक्तिलाई करिब ५ सय पीस मास्क समेत वितरण गरेको छ । उक्त अनुगमनक्रमका अधिकांश नागरिकले कोभिड–१९, लाई बेवास्ता गरी मास्क लगाउन अटेरी गरेको पाइएपछि थियो ।

 

Translate »