जापानले नेपाललाई १० अर्ब ४७ करोड ऋण उपलब्ध गर्यो

माघ ११, काठमाडौं । जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ ।
नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि उक्त सहायता प्राप्त भएको हो ।


मंगलवार अर्थ सचिव मधुकुमार मरासिनी र जापानका सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाको उपस्थितिमा दुवै पक्षका प्रतिनिधिले उक्त रकम बराबरको सहुलियतपूर्ण नीतिगत ऋण सहायता सम्बन्धी आदानप्रदान पत्रमा हस्ताक्षर गरेका हुन् ।
जापानी दूतावासले जारी गरेको विज्ञप्तिमा कोभिड – १९ बाट प्रभावित भएको नेपालको अर्थतन्त्रलाई माथि उकास्न यो सहयोग महत्वपूर्ण सावित हुने उल्लेख छ। जापान सरकार नेपाललाई सबै प्रकारको सहायताका लागि प्रतिवद्ध रहेको समेत दूतावासले बताएको छ । (आर्थिक अभियान)

